Madhes Khabar
खेलकुद

पर्साको बर्वाटाँडीमा आयोजित प्रथम टि–२० क्रिकेटको उपाधि बागेश्वरी चैनपुरले जित्यो

वीरगन्ज,८साउनःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाटाँडीमा आयोजित प्रथम टि–२० नक आउट क्रिकेट प्रतियोगीताको उपाधि बागेश्वरी चैनपुरले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा जिंगना पचरुखीलाई ९० रनको फराकिलो अन्तरले हराउँदै बागेश्वरी चैनपुरले उपाधि उचालेको हो ।बर्वाटाँडीको खेलमैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागेश्वरी चैनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । १सय २४ रनको लक्ष्क्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जिंगना पचरुखी १२ ओभरमा अलआउट हुदैं ३३ रनमै समेटियो ।

फाइनल खेलको म्यान अफ दी म्याच तेजनारायण महता र प्रतियोगिताको प्लेयर अफ द सिरिज मितलेस यादव घोषित भए । प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता टिम र खेलाडीहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य राजेश चौरसियाले ट्रफी प्रदाान गरेका थिए । साउन ४ गतेदेखि सुरु भइ सोमबार सकिएको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

Related posts

कोलकत्तालाई हराउँदै सिमरा फाइनलमा

MadhesKhabar

क्वाटरफाइनलमा श्रीलंकासंग हार्‍यो नेपाल

MadhesKhabar

काेहलीका समर्थकका लागि खुशीकाे खबर: हैदराबादमाथि बेंग्लाेरकाे जित

MadhesKhabar

Leave a Comment