Madhes Khabar
खेलकुद

काेहलीका समर्थकका लागि खुशीकाे खबर: हैदराबादमाथि बेंग्लाेरकाे जित

वीरगन्ज,१३बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा बिहीबार राति भएकाे खेलमा राेयल च्यालेन्जर्स बेंग्लाेर विजयी भएकाे छ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा बेंग्लाेरले सनराइजर्स हैदराबादलाई
३५ रनले हराएको हाे।

बेंग्लाेरले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनायो ।

हैदराबादका लागि शाहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित ४० रन बनाए । ओपनर अभिषेक शर्माले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान प्याट कमिन्सले १५ बलमा ३१ रन बनाए ।

बलिङतर्फ बेंलाेरका लागि क्यामरुन ग्रीन, स्वप्निल सिंह र करण शर्माले समान दुई दुई तथा यश दयाल र विल ज्याक्सले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लाेरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।उसका लागि विराट कोहलीले ४३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन बनाए ।रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए ।

क्यामरुन ग्रीनले २० बलमा ५ चौकाको सहयोगमा अविजित ३७ रन र कप्तान फाफ डु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।

हैदराबादका लागि जयदेव उन्नादकडले तीन तथा टि नटराजनले दुई विकेट लिए । मंयक मारकन्डे र प्याट कंमिन्स समान एक एक विकेट लिए ।

नवौ खेलमा दोस्रो जितका साथ बेंग्लाेर अंक तालिकाको पुछारमा कायमै छ । आठौं खेलमा तेस्रो हारका साथ हैदराबाद तेस्रो स्थानमा कायमै छ ।

यो जितसँगै बेगंलुरुको प्लेअफमा पुग्ने अंक गणितिय सम्भावना कायमै छ ।

जारी संस्करणमा यी दुई टोली दोस्रो पटक आमने सामने भएका हुन् । अघिल्लो भेटमा हैदराबादले बेंग्लाेरलाई पराजित गरेको थियो ।

Related posts

वीरगन्ज सुपर लिगको उपाधि साहिब दरबारले जित्यो

MadhesKhabar

नेपाल विश्वकप एसिया छनोटको उपविजेतामै सिमित

MadhesKhabar

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक :भारत र पाकिस्तान एउटै समूहमा

MadhesKhabar

Leave a Comment