Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जसहितका नाका हुदैं ११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

काठमाडौं,३साउनःगत आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वीरगन्जसहितका नाका हुदैं भारत तथा तेस्रो मुलुकबाट नेपालमा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भने ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो ।

गत आर्थिक वर्षको साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको भन्सार विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको हो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो ।

भन्सार विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ६२८ किलो पोतेका दाना आयात भएको छ । सबैभन्दा बढी चीनबाट ११ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँ र भारतबाट २ करोड ४६लाख ८६ हजार रुपैयाँ बराबरको पोत आयात भएको हो ।

नेदरल्यान्ड्स, पाकिस्तानलगायत मुलुकबाट पनि नेपालमा पोते आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।यस्तै ११ महिनामा १ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको ६८ हजार ६४३ किलो सिन्दुरपनि आयात गरिएको छ । साउनदेखि जेठसम्म ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३९३ लिटर नङ पलिसपनि आयात गरिएको छ ।साभार : ईकान्तिपुरबाट

Related posts

युवा उद्यमीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन उद्योगमन्त्री रिजालसंग आग्रह

MadhesKhabar

प्लास्टिकले जलवायु परिवर्तनमा भयावह असर पार्दै तर व्यवस्थापन गर्न सके त्यसबाट आम्दानी समेत हुने

MadhesKhabar

कर नतिर्ने वीरगन्जका १९ करदाताको सम्पति र बैंक खाता रोक्का

MadhesKhabar

Leave a Comment