Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जसहितका नाका हुदैं ११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

काठमाडौं,३साउनःगत आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वीरगन्जसहितका नाका हुदैं भारत तथा तेस्रो मुलुकबाट नेपालमा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भने ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो ।

गत आर्थिक वर्षको साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको भन्सार विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको हो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो ।

भन्सार विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ६२८ किलो पोतेका दाना आयात भएको छ । सबैभन्दा बढी चीनबाट ११ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँ र भारतबाट २ करोड ४६लाख ८६ हजार रुपैयाँ बराबरको पोत आयात भएको हो ।

नेदरल्यान्ड्स, पाकिस्तानलगायत मुलुकबाट पनि नेपालमा पोते आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।यस्तै ११ महिनामा १ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको ६८ हजार ६४३ किलो सिन्दुरपनि आयात गरिएको छ । साउनदेखि जेठसम्म ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३९३ लिटर नङ पलिसपनि आयात गरिएको छ ।साभार : ईकान्तिपुरबाट

Related posts

पर्साका सरकारी कार्यालयहरुले ६७ करोड बढी बजेट खर्च नै गर्न सकेनन्

MadhesKhabar

दिपावलीमा चीन र भारतबाट ४५ करोडको झिलिमिली विधुतीय बत्ती आयात

MadhesKhabar

वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ

MadhesKhabar

Leave a Comment