Madhes Khabar
खेलकुद

स्पेन बन्याे युराेकपकाे च्याम्पियन

काठमाडौं,३१असार:इंग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले युरोकप फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा आइतबार राति भएकाे फाइनल खेलमा स्पेनलाई जिताउन खेलको ४७ ओैं मिनेटमा निको विलियम्सले अग्रता दिलाए। पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो।

तर खेलको ७०ओैं मिनेटमा मैदान पसेका इंग्ल्याण्डका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।

बराबरीमा आएपछि आक्रमण बुनिरहेका बेला स्पेन सफल भयो । उसका लागि खेलको ८६ ओैं मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गरे ।

यससँगै स्पेनले युरोकपको उपाधि चारपटक जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा जस्तै उपविजेता बनेको छ ।

Related posts

एनआई कप क्रिकेट : नेशनल एकेडेमी र ज्ञानदा एकेडेमीको जीत

MadhesKhabar

सुपर ओभरमा गण्डकीसंग हार्‍यो मधेस

MadhesKhabar

महिला यु–१९ विश्वकपको पहिलो खेलमै नेपाल बंगलादेशसंग पराजित

MadhesKhabar

Leave a Comment