Madhes Khabar
समाचार

बारामा ब्राउन सुगर सहित पर्साका ३ जना पक्राउ

वीरगन्ज,११असारःबारामा प्रहरीले यात्रुवाहक बसबाट लागु पदाार्थ खैरो हेरोइन (ब्राउन सुगर) सहित पर्साका तीन जनालाई पक्रााउ गरेको छ ।पक्रmाउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का मुनिलाल प्रसाद राौनियार, पोखरिया नगरपालिका वडा नम्बर २ का १९ बर्षिय दिपेन्द्र शर्मा र पकाहामैनपुर गाँउपालिका वडा नम्बर ४ खेसस्राहाका १९ बर्षिय भीम गिरी रहेका छन् । यीमध्ये रौनियार ना ६ ख ६०५९ नम्बरको बसका चालक हुन् भने शर्मा र गिरी त्यहि बसका सहचालक हुन् ।

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेकाो ना ६ ख ६०५९ नम्बरको बस बाराको सिमरा चोकमा प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसको चालकको सिटमुनि लुकाएर राखिएको ९ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Related posts

पर्सामा ४ प्रुमख सहित ४१ जनाको उम्मेदवारी फिर्ता

MadhesKhabar

काँग्रेसका बुथ उपसभापति जसपामा प्रवेश

MadhesKhabar

मन्त्रालय र विभागमा मन्त्री यादवको छड्के अनुगमन, अनुपस्थित कर्मचारीलाई कारबाही गर्न निर्देशन

MadhesKhabar

Leave a Comment