Madhes Khabar
समाचार

सिम्रौनगढमा लोसपाको विजय जुलुशमा काँग्रेससंग झडप , सात जना घाइते

मधेसखबर
वीरगन्ज, ०७ जेठ
:बाराको सिम्रौनगढ नगरपालिकामा निर्वाचित लोसपाका समथर्क र पराजित काँग्रेसका समर्थकहरु बिच झडप भएको छ ।
नगरपालिकामा निर्वाचित लोसपाका जनप्रतिनिधी र समर्थकहरुले शनिबार साँझ विजय उत्सव मनाउदै निकालेको जुलुशले नगरको परिक्रमा गर्ने क्रममा लोसपा र काँग्रेसका समर्थकहरु बिच झडप भएको हो ।
सिम्रौनगढ नगरपालिका १० टेटामा भएको झडपमा दुवै पक्षका गरि ७ जना घाइते भएका छन् । विजय जुलुशमा प्रयोग गरिएका ५ वटा मोटरसाइकल र एउटा जिपमा तोडफोड पनि भएको छ ।
घाईते हुनेहरुमा स्थानीय सरोज कुमार यादव , सुनिल कुमार यादव , कृष्ण कुमार यादव, मिथुन पासवान , राजन साह लगायतका रहेका छन् ।
घाईतेहरुको सिम्रौनगढ नगरअस्पताल र कलैया स्थित प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ ।


नगरपालिकाको मतगणना सकिएपछि लोसपाबाट विजयी भएका मेयर किशोरी प्रसाद कलवार र उपमेयर नजमु शेहरको विजय जुलुश टेटा गाँउमा पुगेपछि विजय जुलुशमा लोसपाका समर्थकले बेलुन भित्र मोबील भरेर स्थानीय माथि हानेको भन्दै काँग्रेसका समर्थकहरुले विवाद गरेका थिए ।
विवाद बढ्दै गएपछि दुवै पक्ष बिच झडप भएको स्थानीय रामेश्वर मेहताले बताए ।
सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा काँग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर र उपमेयरलाइ हराउदै लोसपाका किशोरी प्रसाद कलवार र नजमु शेहर विजयी भएका हुन् ।

Related posts

वीरगन्जका एक युवक १७ लाखको चाँदीसहित काठमाडौंमा पक्राउ

MadhesKhabar

समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन

MadhesKhabar

अन्तर्राष्ट्रिय नारी दिवसमा महिला इ–रिक्सा चालक र सरसफाईकर्मी सम्मानित

MadhesKhabar

Leave a Comment