काठमाडौं,२२जेष्ठ:भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासी सिटबाट तेस्राे पटक निर्वाचित भएका छन् ।
सन् २०१४ र २०१९ मापनि यसै सिटबाट जितेका मोदीले यसपालि कांग्रेस उम्मेदवार अजय रायलाई १ लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदीले ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए।

