Madhes Khabar
Uncategorized

प्रदीप यादवलाई समर्थन गर्दै वीरगन्ज–१८ का वडाध्यक्षका उम्मेदवार नरेश यादव नै एमालेमा प्रवेश

वीरगन्ज,११फागुनःगत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका नरेश प्रसाद यादवले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक रुपमा ४ सय ४ मत प्राप्त गरेका थिए ।

नवप्रवेशी नरेश यादवलाई फूलमाला लगाई, टीका लगाई र खादा ओढाएर भव्य रूपमा स्वागत गरिएको थियो ।यादवको पार्टी प्रवेशले वीरगन्ज–१८ मा एमालेको जनमत अझ बढ्ने र यसले एमाले उम्मेदवार यादवका

नवप्रवेशी नरेश यादवलाई स्वागत गर्दै प्रदीप यादवले अब वीरगञ्ज–१८ एमालेको लाल किल्लामा परिणत भएको दाबी गरे । “चुनावमा सम्मानजनक मत ल्याउनु भएको नरेश यादवजस्ता इमानदार र लोकप्रिय व्यक्तित्वको पार्टीमा प्रवेशले हाम्रो सङ्गठनलाई थप मजबुत बनाएको छ । उहाँको योगदान अब वडाको विकास, जनताको सेवा र पार्टीको विस्तारमा महत्त्वपूर्ण हुनेछ,” उनले भने ।

नरेश प्रसाद यादवले पार्टी प्रवेश गरेपछि आफूलाई नयाँ ऊर्जा मिलेको बताए । उनले भने, “वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवा गर्न अब थप सहज र प्रभावकारी हुने छ । एमालेको सिद्धान्त र नीतिसँग म सहमत छु ।”

Related posts

काँग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई गगन थापाको आग्रहःपार्टिको निर्णय हाल मानौँ

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

वीरगन्जमा रगतको अभाव,बिरामीको उपचार प्रभावित

MadhesKhabar

Leave a Comment