Madhes Khabar
Uncategorized

वीरगंज नि:शुल्क रासन बैंकको शाखा कलैयामा पनी संञ्चालन ।

श्याम सर्राफ

पर्सा, ८ जेठ
वीरगंजका युवाहरूको एक समुह द्वारा  वीरंगजको टिबडेवाल धर्मशालामा निशुल्क रासन बैंक, अक्सिजन बैंक, औषधि बैंक तथा कोभिड १९ हेल्प डेस्क ११ दिन देखी संञ्चालनमा रहेको छ।

निषेधाज्ञाको अवधीभर संञ्चालित राशन बैंक तथा हेल्प डेस्कमा गरिब बिपन्नको लागी आईपरेको समस्यालाई सम्बन्धित निकाय संग पहल गरी समाधान गराउने पहल गर्नुको साथै चुलो निभेकाहरूको लागी रासनको व्यवस्था गर्ने राशन बैंकको उद्देश संग प्रभावित भएर बाराको कलैयामा पनी बाराका युवाहरूले रासन बैंक संञ्चालन गरेका हुन ।

रासन बैंक कलैयाका संयोजक डा.बद्रि दाशले बिकट परिस्थितिमा यस किसिमको प्रयास सराहणिय रहेको तथा यस्तो समाजिक कार्यमा सेवा गर्ने अवसर जुराईदिनुभएकोमा पर्सा रासन बैंकलाई धन्यवाद दिदै आउने दिनहरूमा पनी सहयोग गर्ने प्रतिबध्ता जनाउनु भयो ।

हिजो देखी संञ्चालनमा आएको रासन बैंकले चौबिसै घण्टा सेवा दिने तथा भएकोले दिएर जानुस् नभएकोले लिएर जानुस् नारा सहित कार्य गरिरहेको युवा वचन संस्थाका केन्द्रिय अध्यक्ष तथा युवा अभियन्ता पियुष कादमियाले जानकारी दिनुभयो। बारामा सेवा लिनको लागी हेल्पलाईन नम्बरहरूमा चौबिसै घण्टा ९८४५०२२४००, ९८५५०३५०३५  सम्पर्क गर्न सक्नुहुने बारा रासन बैंकका संरक्षक बिनय गुप्ता बताउनु भयो । भिडभाड रहित उद्घाटन कार्यक्रममा समाजसेवी तथा स्वयंसेवकहरूको सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जमा रगतको अभाव,बिरामीको उपचार प्रभावित

MadhesKhabar

पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको पक्षमा जेन–जी युवाहरुको समर्थन

MadhesKhabar

राप्रपा उम्मेदवार नरेश साह भन्छन् : हिन्दु राष्ट्र र राजतन्त्रका लागि राप्रपालाई भोट दिनु होला

MadhesKhabar

Leave a Comment