Madhes Khabar
राजनीति

उपेन्द्र यादवको रिटमाथि आज पनि सर्वोच्च अदालतमा भएन सुनुवाइ

काठमाडौं,२२जेष्ठःजनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा मंगलबार पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। यादवको रिट २३ औ नम्बरमा पेशी रहेको थियो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यस्तै आफ्नो दल छाडेर जाने ७ जना संघीय सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि जेठ १४ गतेको पेशी पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पहिलो सुनुवाइमा उक्त आदेश जारी भए पनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको छ।साभारः रातोपाटी

 

Related posts

सरकार अघि बढिसक्यो ,अब सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

MadhesKhabar

पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश

MadhesKhabar

जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवकाे आग्रह

MadhesKhabar

Leave a Comment