Madhes Khabar
राजनीति

सरकार अघि बढिसक्यो ,अब सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

वीरगन्ज,९कार्तिकःसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी बचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

मन्त्रालयमै सञ्चारकर्मीहरुसंग भेटघाटमा मन्त्री गुप्ताले सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार अडिग रहेको बताए । सहकारीमा बचतकर्ताहरले जम्मा गरेको रकम अपचलन गर्ने कार्यमा संलग्नहरुलाई सरकारले नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउँदै उनले भने,‘ अब कोही पनि सहकारी ठग राज्यको नजरबाट भाग्न सक्दैनन् । सरकारले एक एक गरेर कारबाहीको दायरामा ल्याएरै छाड्छ ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री गुप्ता सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएका व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्तापनि व्यक्त गरे ।उनले भने,‘ विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन् । अहिले सहकारीको प्रसंग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ ।’

उनले थपे,‘सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ परेका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर रास्वपा आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो अब कोही पनि सहकारी ठगले उन्मुक्ति पाउने अवस्था छैन ।’

फरक धार भनेर उदाएको रास्वपााले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको टिप्पणी उनले गरे । मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरणपनि गराए। तर, रास्वपासहित प्रतिपक्ष दलहरूले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्नुले ती दलहरू सुशासनको पक्षमा नरहेको स्पष्ट भएको उनले बताए ।

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गरेरै छाड्ने स्पष्ट पारे ।

Related posts

राप्रपा पर्साको आन्दोलन परिचालन समितिको संयोजकमा नगिना यादव

MadhesKhabar

जसपाले बाबुरामलाइ हटाएर अशोक राइलाइ बनायो संघीय परिषद अध्यक्ष

MadhesKhabar

पानीको समस्या समाधान गर्न माग गर्दै पर्साका राजनीतिक दलहरुले जारी गरे विज्ञप्ति

MadhesKhabar

Leave a Comment