Madhes Khabar
स्वास्थ्य

सखुवा प्रसाैनी गाँउपालिकाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई दिइयाे तालिम

वीरगन्ज,१४जेष्ठ:पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई तालिम दिइएको छ।स्वास्थ्य चाैकीमा साेमबार आयाेजित तालिममा सहभागी महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई समुदायस्तरमा मानसिक स्वास्थ्य सेवा र नसर्ने रोगहरुको सचेतना फैलाउने बारेमा तालिम दिइएको हाे।

 

तालिममा प्रमुख प्रशासकीय अधिकृत  राजेश रौनियारले विभिन्न प्रकारका मानसिक रोगको लक्षण,उपचार र रोकथाम बारे जानकारी गराएका थिए।महिला स्वास्थ्य स्वयंसेविकाहरु समुदायको नजिकको सम्पर्क बिन्दु भएकाले उनिहरुले समुदायमा मानसिक स्वास्थ्य समस्याका बारे सचेतना फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने राैनियारले बताए ।

तालिममा सहभागी सखुवाप्रसाैनी गाउँपालिकाभरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य चौकी प्रमुख प्रभात साह गोडले प्रशिक्षण दिएका थिए।

Related posts

वीरगन्जमा पनि दिनहु कोरोना संक्रमित भेटिदै

MadhesKhabar

वीरगन्जमा सुरक्षित गर्भपतन सम्बन्धि चार दिने तालिम सुरु

MadhesKhabar

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच भयो स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

MadhesKhabar

Leave a Comment