वीरगन्ज,१४जेष्ठ:पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई तालिम दिइएको छ।स्वास्थ्य चाैकीमा साेमबार आयाेजित तालिममा सहभागी महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई समुदायस्तरमा मानसिक स्वास्थ्य सेवा र नसर्ने रोगहरुको सचेतना फैलाउने बारेमा तालिम दिइएको हाे।
तालिममा प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारले विभिन्न प्रकारका मानसिक रोगको लक्षण,उपचार र रोकथाम बारे जानकारी गराएका थिए।महिला स्वास्थ्य स्वयंसेविकाहरु समुदायको नजिकको सम्पर्क बिन्दु भएकाले उनिहरुले समुदायमा मानसिक स्वास्थ्य समस्याका बारे सचेतना फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने राैनियारले बताए ।
तालिममा सहभागी सखुवाप्रसाैनी गाउँपालिकाभरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य चौकी प्रमुख प्रभात साह गोडले प्रशिक्षण दिएका थिए।

