Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच भयो स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

वीरगन्ज,१२भदौं : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता भएको छ। वीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेजमै बिहीबार दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार, शिवम फार्मास्युटिकल्सका सञ्चालक समिति सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा कोषमा आबद्ध लाभार्थीहरूका लागि अस्पतालको नीतिअनुसार ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने र बाँकी २० प्रतिशत रकम एक महिनाभित्र जिओपी सुविधामार्फत भुक्तानी गर्नुपर्नेछ।सामाजिक सुरक्षा कोषमा नजोडिएका लाभार्थीहरूलाई उपचार सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौता अनुसार, शिवम फार्मास्युटिकल्सका कर्मचारीहरूको उपचार खर्चमा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको सीमा भित्र ३० दिनको जिओपी सुविधा र पाँच लाखभन्दा माथिको खर्चमा ४५ दिनको जिओपीसुविधा दिइनेछ। पूर्व–रोजगार तथा वार्षिक स्वास्थ्य परीक्षण, साथै अस्पतालमा हुने अन्य स्वास्थ्य सेवा आपसी समझदारीमा भुक्तानीयोग्य हुनेछन्। साथै, शिवम फार्मास्युटिकल्सको परिसरमा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

सेवाको सहज सञ्चालन सुनिश्चित गर्न दुवै पक्षले एक–एक जना सम्पर्क व्यक्ति तोक्नेछन्। लाभार्थीको पहिचानका लागि फोटो परिचयपत्रको प्रयोग गरिनेछ भने आवश्यकता अनुसार प्रत्यक्ष आश्रितहरूको विवरण शिवम फार्मास्युटिकल्सले अस्पताललाई उपलब्ध गराउनेछ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निर्देशक तर्फबाट डा. इशरत जहाँ अन्सारी र शिवम फार्मास्युटिकल्स तर्फबाट प्रशासन अधिकृत सञ्जय चौधरीले हस्ताक्षर गरेका छन् ।

त्यसअवसरमा मेडिकल कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी, मार्केटिंग प्रबन्धक जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह र नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारी तथा शिवम फार्मास्युटिकल्स तर्फबाट उत्पादन विभाग प्रमुख निरज प्रसाद चौधरी र गुणस्तर नियन्त्रण प्रमुख प्रविन चौधरीको उपस्थिति रहेको थियो।

Related posts

पर्साकाे जगरनाथपुर गाँउपालिकाका नागरिकले नेशनल मेडिकल कलेेजमा उपचार गराउँदा छुट पाउने

MadhesKhabar

मृत्युपछि अंग दान गर्ने परिवारलाई २ लाख रुपैयाँ दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

MadhesKhabar

महिला स्वयंसेविकाहरूकोे दुखेसो : २४ सै घण्टा खट्नु पर्छ तर तलब १५ सय मात्रै पाइन्छ

MadhesKhabar

Leave a Comment