Madhes Khabar
समाज

डेरा भाडा तिर्न नसक्दा ट्याक्सी चालकले गरे ….

प्रतीकात्मक तस्बिर

काठमाडौं,९जेष्ठःकाठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार भक्तपुरको छालिङ–७ का नगरकोटीले काठमाडौंमा ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो ।पत्निले छोडेपछि नगरकोटी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौंको रविभवन, गणेशथानमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता एंव प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा आर्थिक अवस्थाकै कारण नगरकोटीले आत्महत्या गरेको खुलेको जानकारी दिए । नगरकोटीको मंगलबार बिान शव फेला परेको थियो । उनका छोरा रिचेन पनि घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जनाले ट्याक्सीमा रात कटाउँदै आएको तथा रिचेन र रश्मीको मानसिक अवस्था पनि सामान्य नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको छ ।

Related posts

सामाजिक सेवामा रोटरी क्लब : ठोरीमा ११ जनालाई ह्वील चेयर सहयोग

MadhesKhabar

श्रीपुरमा नवरात्री महोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जमा आयाेजित कार्यक्रममा ५५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment