Madhes Khabar
राजनीति हेडलाइन

एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा अध्यक्ष शर्माकै प्यानल निर्वाचित

वीरगन्ज,२३बैशाखः नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा एक उपसचिवमा नवनिर्वाचित जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्माकै प्यानल विजयी भएको छ ।

पर्सामा एमालेको जिल्ला अध्यक्षमा शर्मा यसअघिनै निर्विरोध निर्वाचित भइसकेका थिए भने उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि गत शुक्रबार राति मतदान भएको थियो ।शनिबार दिउँसोदेखि सुरु भई आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार, उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३२६ मतका साथ उपाध्यक्षमा निर्वाचित हुदँँ उनका प्रतिस्पर्धी लालबाबु शेखले १६६ मत मात्रै पाए ।

यस्तै सचिवमापनि अध्यक्ष शर्माकै प्यानलका महेस दास २३९ मतका साथ निर्वाीचत भएका छन् । उनका प्रतिस्पर्धी नवराज शर्माले २३३ मत पाए । उपसचिव (खुल्ला)मा नविजान मियाँ २०२ मतका साथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी रामकिशोर सिंह परागले १९१ मत मात्रै पाउन सकेको निर्वाचन समितिले जनाएको छ ।गुप्ता,दास र मियाँ तीनै्र जना अध्यक्ष शर्मा प्यानलका हुन् ।

उपसचिव(महिला)मा सीतादेवी लामा २४६ मतका साथ निर्वाचित हुदाँ उनकी प्रतिस्पर्धी गीता भण्डारीले २०५ मत मात्रै पाइन् । लामा शर्मा इतर पक्षकी हुन् । यस्तै लेखा समितिको अध्यक्ष शीवजी गुप्ता २७७ मतका निर्वाचित भएका छन् ।लेखासमितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठ भने यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै जिल्ला कमिटी सदस्यमा अजग कुमार गुप्ता,खुर्रम आलम,प्रदीप यादव, पवन यादव,यशवन्त यादव , अली अकबर अन्सारी,रामप्रसाद यादव ,अर्जुन श्रेष्ठ , खड्ग बहादुर श्रेष्ठ,अल्का प्रधान,उर्मिला देवी,अफजल हुसेन,जालिम मियाँ,केशर बहादुर विक,मञ्जु देवी,सिन्धु देवी,सुरेन्द्र पासवान,उद्धव बहादुर उप्रेती,तैयब अन्सारी,सिकन्दर कुर्मी,धर्मशीला कुशवाहा,पूजा बस्नेत,मुना दाहाल,लक्ष्मी पराजुली, सबिता गिरी , प्रदीप चौरसिया,बाबुराम खनाल ,विमल पौडेल , विचारी यादव लगायतका निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भोजराज पौडेलले जानकारी दिए ।

उपाध्यक्षसहितका पदाधिकारी ,जिल्ला कमिटी सदस्य र लेखासमिति चयनका लागि शुक्रबारराति भएको मतदानमा कूल ५३३ मत खसेको थियो ।

Related posts

वीरगन्जमा ट्यांकर र वारुण यन्त्र लगायतका साधनबाट दैनिक ५ लाख लिटर पानी वितरण

MadhesKhabar

नेपालले पहिलाे पटक जित्याे आइसीसीको उपाधि

MadhesKhabar

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

MadhesKhabar

Leave a Comment