Madhes Khabar
शिक्षा हेडलाइन

एक्सेल कलेजमा वीरगन्ज महानगरपालिकाले गर्याे सिलबन्दी

वीरगन्ज,१६बैशाख:वीरगन्ज  महानगरपालिकाले एक्सेल कलेजको नाममा अबैध रुपमा संचालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरेको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरगन्ज महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा आइतबार सिलबन्दी गरेको हो ।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।’
कञ्चनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको लागि लिएको अनुमतिलाई दुरुपयोग गर्दै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि त्यसमा सिल लगाइएको महानगरका शिक्षा अधिकृत लामिछानेले जानकारी दिए ।
गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो ।
‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो जुन नाम महानगरपालिकामा दर्ता छैन’ लामिछानेले भने, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरु शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौं ।’
महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको छ ।
आइतबार सिलबन्दी गर्न नियमन समितिका संयोजक इश्वरचन्द्र यादव, महानगरका मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायतको टोली उक्त कलेजमा पुगेको थियो ।

Related posts

पर्सा औराहाको विधालयमा व्यवस्थापन समिति गठन

MadhesKhabar

छठ पर्वकाे दाेस्राे दिन आज `खरना´

MadhesKhabar

यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी सानाको घरमै पुगेर मन्त्री जयसवालले दिए बधाई

MadhesKhabar

Leave a Comment