काठमाडौं,९बैशाखःचामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया र बरहथवा नगरपालिका–११ घर भई हाल जिल्ला काठमाडौंको बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारी रहेका छन् ।
गत बिहीबार लागु औषध नियन्त्रण ब्युरो र नागढुङ्गा–थानकोट चेक पोष्टमा खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौँ उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा मुखिया लागु औषधसहित पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चेकजाँच गर्ने क्रममा उनको साथबाट चामलको बोरा भित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषध २४७८ एम्पुल (डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३३०८ ट्याब्लेट बरामद गरिएको छ ।
अनुसन्धानको क्रममा उक्त लागु औषध काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।अधिकारीलाई गोङ्गबु बसपार्क काठमाडौँबाट पक्राउ गरी प्रहरी वृत्त थानकोटमा बुझाइ थप अनुसन्धान भइरहेको छ ।साभारःरातोपाटीबाट

