Madhes Khabar
वाग्मती प्रदेश

काँग्रेसको घोषणापत्रले ओली पागल भएका छन् – गगन थापा

माधुरी महत्तो
वीरगन्ज, १४ बैशाख
:नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काँग्रेसको चुनावी घोषणापत्रले एमाले अध्यक्ष केपीले सन्किएर पागल बनेको बताएका छन् ।
काठमाण्डौमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री थापले भने ,‘ काँग्रेसले घोषणा पत्र सार्वजनिक गरे लगत्तै ओली सन्किएका छन् , अनाप सनाप बक्दै हिड्नु भएको छ ।
उनले काँग्रेसको घोषणापत्रमा सत्यतथ्य र गर्न सक्ने कुरा मात्रै लेखिएको प्रष्ट पारे ।
ओलीलाइ इंगित गर्दै थापाले भने ,‘ बुढो मान्छे धेरै सनक्क सन्किदा शरिरलाइ कहिलेकाही अप्ठ्यारो पर्न सक्छ , जसको मुखमा अंगार (कोइला) छ, उसले ओकल्ने कालै हो ।’
थापाले फुर्सद भएको बेला ओलीको निवास बलाकोटमै पुगेर ओलीलाइ ट्युसन पढाउने पनि बताए ।

Related posts

त्रिशूली नदीमा बेपत्ता बस र यात्रु भेटिएनन्, खोजि कार्य स्थगित

MadhesKhabar

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे सुमाे मकवानपुरमा दुर्घटना हुदाँ १३ जना घाइते

MadhesKhabar

काठमाडौं १ मा रविन्द्र मिश्रलाई हराउदै प्रकाशमान सिंह विजयी

MadhesKhabar

Leave a Comment