Madhes Khabar
वाग्मती प्रदेश

हेटौंडामा भारतीय ट्रकबाट ९१९ किलो गाँजा बरामद

हेटौंडा,३१भदाैं: मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आइतबार बिहान ४ बजे ९१९ केजी गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीले बताए ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीको भनाई रहेको छ ।

 

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको प्रहरीको भनाई रहेको छ । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर प्राप्त गरेको र उनको विषयमा आफुहरुले अनुसन्धनको लागि प्रक्रिया अघि बढाएको कार्कीको भनाई रहेको छ ।साभार:नेपालप्रेसबाट

Related posts

हेटौंडा अस्पतालका ७८ जना डाक्टरले दिए सामुहिक राजिनामा

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

चितवनमा चार सवारीसाधन आपसमा ठाेक्किदाँ १ जनाकाे मृत्युु , २२ जना घाइते

MadhesKhabar

Leave a Comment