Madhes Khabar
वाग्मती प्रदेश

हेटौंडामा भारतीय ट्रकबाट ९१९ किलो गाँजा बरामद

हेटौंडा,३१भदाैं: मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आइतबार बिहान ४ बजे ९१९ केजी गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीले बताए ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीको भनाई रहेको छ ।

 

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको प्रहरीको भनाई रहेको छ । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर प्राप्त गरेको र उनको विषयमा आफुहरुले अनुसन्धनको लागि प्रक्रिया अघि बढाएको कार्कीको भनाई रहेको छ ।साभार:नेपालप्रेसबाट

Related posts

अस्पतालबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

MadhesKhabar

गाँजा सहित तीन भारतीय पक्राउ

MadhesKhabar

ललितपुरमा परिक्षार्थीहरुकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment