काठमाडौं,३०जेठः काठमाडौं महानगरपालिका–८ सिथ्त पशुपतिनाथ मन्दिर क्षेत्रस्थित शिवालयमा भएको युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार गत फागुन ६ गते पशुपति–१५ नंबर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका क्रममा उक्त हत्यामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको एसएसपी खड्काले जानकारी दिए ।
पक्राउ परेका रानामगरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने र मृतक दुवै जना पशुपतिमा बस्दै आएका साधु थिए ।

