Madhes Khabar
वाग्मती प्रदेश

हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

हेटौंडा,१९ असोजः मकवानपुरको हेटौंडाबाट झण्डै ११ करोड रुपैयाँ मूल्यको ८ किलो सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । भारतको महाराष्ट्र राज्यको सांगली जिल्ला दिंघची थाना पुजरबाडी घर भएका २५ वर्षिय अभिषेक अजिनाथ र २७ वर्षिय राहुल भिट्टिहाल बाड रहेका छन् ।

उनिहरुलाई ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित हेटौंडा उपमहानगरपाालिका वडा नम्बर १५ रातोमाटेबाट शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनिहरुबाट बरामद सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ रहेको प्रहरीको भनाई छछ ।

पथलैयाबाट हेटौंडातर्फ जाँँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रातोमाटे चेकपोष्टमा शुक्रबार बिहान ३ बजेतिर प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त स्कुटरमा सवार दुवै भारतीयको साथबाट उक्त सुन बरामद गरिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्का अनुसार, दुवै भारतीय नागरिक जनकपुरबाट सुन लिएर काठमाडौं जाँदै गरेका अवस्थामा पक्राउ परेका हुन् ।

 

Related posts

वन तथा वातावरणको क्षेत्रमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

MadhesKhabar

हाेली खेल्ने क्रममा ग्याङ्ग फाइट हुदाँ दुई युवककाे मृत्यु

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment