Madhes Khabar
वाग्मती प्रदेश

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बन्द


फइल तस्बिर।

काठमाडौं,१९चैतःहेटौँडालाई काठमाडौंसंग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा अनिश्चितकालका लागि गाडी सञ्चालन बन्द गरिएको छ । सडकखण्ड स्तरोन्नतिका लागि आइतबारदेखि गाडीको आवागमन बन्द गरिएको हो ।

यो सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले गाडी आवागमन बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए।उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए ।

यसअघि यही चैतको पहिलो हप्तादेखि कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि गाडी सञ्चालन बन्द गरिएको थियो ।

निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाडौं आवतजावत गर्ने गाडी आवागमन गर्न थालेपछि सडक कालोपत्र नभएसम्मका लागि फेरि यातायात आवागमन बन्द गरिएको वडा कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे सुमाे मकवानपुरमा दुर्घटना हुदाँ १३ जना घाइते

MadhesKhabar

भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

MadhesKhabar

Leave a Comment