
फइल तस्बिर।
काठमाडौं,१९चैतःहेटौँडालाई काठमाडौंसंग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा अनिश्चितकालका लागि गाडी सञ्चालन बन्द गरिएको छ । सडकखण्ड स्तरोन्नतिका लागि आइतबारदेखि गाडीको आवागमन बन्द गरिएको हो ।
यो सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले गाडी आवागमन बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए।उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए ।
यसअघि यही चैतको पहिलो हप्तादेखि कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि गाडी सञ्चालन बन्द गरिएको थियो ।
निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाडौं आवतजावत गर्ने गाडी आवागमन गर्न थालेपछि सडक कालोपत्र नभएसम्मका लागि फेरि यातायात आवागमन बन्द गरिएको वडा कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

