Madhes Khabar
वाग्मती प्रदेश

भक्तपुरको सुधारगृहको ढोका फोडेर १ सय ५० भन्दा बढी बालबालिका भागे

भक्तपुर,४भदौं : अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेका छन् । सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए ।
त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए । सोमबार त्यहाँबाट १ सय ५० भन्दा बढी भागेको बताइएको छ ।

फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको प्रजिअ रिजालले बताए । अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ । साभार : ईकान्तिपुरबाट

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

बालेनले हर्कको भिडिओ शेयर गर्दै भने : तपाईं जस्ताे इमानदार नेता १०० वर्ष सम्म जन्मिदैन

MadhesKhabar

हेटौंडामा डाक्टरलाई कुटिपट गर्ने चार जना पक्राउ

MadhesKhabar

Leave a Comment