Madhes Khabar
कर्पोरेट वाग्मती प्रदेश

म्याद गुज्रिएको घिउ र अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

फोटो : रासस

ललितपुर,३१भदौं : म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकमा रहेको भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आइतबार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको बिग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्टको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख रुपैयाँ जरिबाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए । उनका अनुसार बिग मार्टले बिक्री गर्ने हरियो तरकारीमापनि कम तौल पाइएपछि १० हजार जरिबाना गरिएको छ । यस्तै म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको सुनारले जानकारी दिए ।

‘संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतवारदेखि चाडपर्व लक्षित बजार अनुगमन शुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलबाड गर्ने गरी खाद्यवस्तु बिक्री÷वितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिबाना गरिएको हो’, सहायक प्रजिअ सुनुवारले भने ।

Related posts

सानो पाइला सहकारीका फरार सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न सिफारिस

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

त्रिशुली नदीमा खसेकाे जिप भेटियाे, चालक र यात्रुहरुकाे अवस्था अझै अज्ञात

MadhesKhabar

Leave a Comment