Madhes Khabar
मधेस प्रदेश

सर्लाहीको बसबरीयामा भीषण आगलागी, ६ घर जलेर नष्ट

मलंगवा,२६चैतः सर्लाहीको बसबरीया गाउँपालिका–३ बंगलवामा आगलगी हुदाँ ६ वटा घर जलेर नष्ट भएको छ। आगलागीबाट ५ वटा घरमा आंशिक क्षति पुगेको छ।

आगलगीमा परी विन्देश्वर माझी, नरेश राय, नारायण माझी, रामविश्वास माझी, दिनेश माझी र जोकु माझिको फुसको घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। आगलगी कसरी भएकोबारे खुल्न सकेको छैन।

रामविश्वास माझीको घरबाट सुरुमा आगो सल्केको थियो। रामविश्वासको घरमा राखेको ग्याँस सिलिण्डर पड्किदाँ आसपासको घरमा आगो फैलिएको हो। आगलगीबाट भएको क्षतिको विषयमा विवरण संकलन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

आंशिक क्षति भएको घरको विवरण पनि अहिले संकलन भइरहेको श्रेष्ठले बताए। आगोलाई मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रले नियन्त्रणमा लिएको छ। साभार : अन्नपूर्ण पोष्टबाट

Related posts

मधेस प्रदेशमा नेपाल प्रहरीको जागीर छाड्नेहरुको संख्या बढ्दो

MadhesKhabar

संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment