Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा नेपाल प्रहरीको जागीर छाड्नेहरुको संख्या बढ्दो

वीरगन्ज,२६जेठःमधेस प्रदेशमा नेपाल प्रहरीको जागीर छोड्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि बैशाखसम्म १० महिनामा ८३ जना प्रहरीले राजीनामा दिएका छन्। तीमध्ये बरिष्ठ सई (प्रहरी बरिष्ठ नायब निरीक्षक) १ जना, असई (प्र्हरी सहायक निरीक्षक ) १४ जना , बरिष्ठ हवल्दार २१ ज्ना , हवल्दार ३१ जना, सहायक हवल्दार ४ जना , जवान ९ जना र कार्यालय सहयोगी ३ जना रहेका छन्।

नेपाल प्रहरीमा तलबभत्ता लगायतका सेवा सुविधा नेपाल सरकारको अन्य जागीरको भन्दा कम भएपछि प्रहरीको जागीर छाड्नेको संख्या बढ्दो रहेको बताइएको छ ।न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर छाड्न बाध्य बनाएको हो।

नेपाल प्रहरीमा प्रहरी जवानको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र छ, जसमा रासन भत्ता पनि समावेश हुन्छ। तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक मात्र उपलब्ध हुन्छ । दैनिक १८ घण्टासम्मको ड्युटीमा खट्नुपर्ने हुन्छ । यीसबका कारण प्रहरीको जागीर छोड्नेहरुको संख्या बढेको बताइन्छ ।

नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी (प्रहरी नायब महानिरीक्षक)उमाप्रसाद चतुर्वेदीले प्रहरी सेवाबाट राजीनामा दिने प्रवृत्ति देशैभर बढ्दो रहेको बताए। अहिलेको महँगीअनुसार तलब, भत्ता, सुविधा नबढेकोले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए।

Related posts

ट्याक्टरले च्यापिएर बाराका महत्ताेकाे मृत्युु

MadhesKhabar

मधेसमा छोरी घटेको घट्यै : पुरुष भन्दा महिलाको संख्या सबै भन्दा कम पर्सामा

MadhesKhabar

झलनाथ खनालको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

MadhesKhabar

Leave a Comment