Madhes Khabar
धर्म/संस्कृति

रामनवमी पूजा भव्य रुपमा मनाउने कुर्मी सशक्तीकरण मञ्च पर्साको निर्णय

वीरगन्ज,१८चैत: कुर्मी सशक्तीकरण मञ्च पर्साको बैठक शनिबार कुर्मी सेवा सदन धर्मशालामा सम्पन्न भएको छ ।मञ्चका अध्यक्ष दीपक पटेलको अध्यक्षता बसेकाे बैठकले विभिन्न निर्णय गरेको छ ।

रामनवमीको अवसरमा बैशाख ५ गते रामनवी पुजाको धूमधामकोे साथ मनाउने तथा २४ घण्टा अस्टयाम पूजा गर्ने, राम नवमीका दिन वीरगन्ज शहरमा श्रीरामको झण्डा लिई नगर परिक्रमा गर्ने निर्णय गरिएको अध्यक्ष दीपक पटेलले बताए ।

पर्सा जिल्लाको हरेक स्थानिय तहमा कुर्मी समाजका कमिटी बिस्तार गरि रामनवमीका दिन भव्यतापूर्वक सहभागी गराउने र विगतका वर्षमा गरेको रामनवमी पूजाको समिक्षा गर्दै आयोजक समितिलाइ धन्यबाद ज्ञापन गर्ने निर्णय बैठकले गरेकाे उनले जानकारी दिए।

बैठकमा राजेश पटेल, अनील पटेल, देव प्रकाश पटेल, मयनिधि पटेल, नरेश पटेल, गौरव सन्तोष पटेल, अनिल कुर्मी, दीपेन्द्र सिंह पटेल, सुरेन्द्र कुर्मी, बाके बीहरी पटेल, कवीर पटेल, हरेन्द्र पटेल लगायतकाे सहभागीता रहेको थियो ।

Related posts

महाशिवरात्रिमा वीरगञ्जसहित पर्साका शिवालयहरूमा भक्तजनको घुइँचो

MadhesKhabar

‘धोती भैया भनेर हेप्न पाइदैन’ भन्दै काठमाडौंमा पनि मनाइयो ‘धोती दिवस’

MadhesKhabar

रौतहट : देवी स्थानमा जमरा चढाएपछि नागाबाबाले तोडे समाधि

MadhesKhabar

Leave a Comment