Madhes Khabar
धर्म/संस्कृति

‘धोती भैया भनेर हेप्न पाइदैन’ भन्दै काठमाडौंमा पनि मनाइयो ‘धोती दिवस’

तस्बिर : रातोपाटी

काठमाडौं,१७पुसःजनमत पार्टीले काठमाडौँको माइतीघरमापनि बुधबार राष्ट्रिय धोती दिवस मनाएको छ ।धोती दिवसमा माइतीघरमा जनमत पार्टीको विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा ¥याली र कोणसभा गरेका हुन् ।

धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नमिल्ने दाबी गरे । उनीहरूले अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने भन्दै धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान गरे ।

कार्यक्रममा सहभागीहरुले धोती हाम्रो शान हो,मधेसीको पहिचान हो , मधेसी एकता जिन्दावास,धोती भैया भनेर हेप्न पाइदैन जस्ता नारा लेखिएका प्ले कार्यसहित प्रदर्शन गरेका थिए । माइतीघरमा भएको प्रदर्शन र कोणसभामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित पार्टीका शीर्ष नेताहरू समेत सहभागी थिए ।

 

Related posts

घडीअर्वा छठघाटमा यसपालि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने

MadhesKhabar

महाेत्तरीमा हिन्दुहरुले निकालेकाे कलश यात्रामा दुई समुहबिच झडप

MadhesKhabar

आज रामनवमी : वीरगन्जकाे श्रीरामजानकी मन्दिरमा भब्य रुपमा मनाइदैं श्रीराम जन्माेत्सव (फाेटाे फिचर)

MadhesKhabar

Leave a Comment