Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गहवामाई रथ यात्रामा उर्लियो भक्तजनहरुको जनसागर (फोटो फिचर)

वीरगन्ज,२३असारःवीरगन्जमा आइतबार गहवामाईको दोश्रो रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ । गहवमाईको नवनिर्मित मन्दिरको १२ औं बर्ष पूरा भएको शुभ उपलक्ष्यमा आइतबार निकालिएको रथ यात्रामा हजारौं भक्तजनहरुको सहभागीता थियो ।

मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँददीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघार चोक, रेल्वे रोड, अमर चोक ,इदगाह चोक, छपकैया , वीर्ता, आदर्शनगर हुदै पुन मन्दिर पसिरमा पुगेर समापन भएको थियो ।

rath yatra

विभिन्न झाँकी , पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनहरुको सहभागीता रहेको रथयात्रा आयोेजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनका अनुसार, गहवामाई मन्दिर प्राङगणमा आइतबार नै साँझ ६ बजेदेखि भजनकिर्तनसहितको धार्मिक कार्यक्रम आयोजना गरिने छ । यस्तै सोमबार मन्दिर प्राङगणमै भण्डारा (प्रसाद वितरण) आयोजना गरिने उनले जानकारी दिए ।

आइतबारको रथ यात्रामा सहभागीताका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा सार्वजनिक विदा दिएको थियो । यस्तै वीरगन्ज महानगर क्षेत्रमा आइतबार र सोमबार गरी दुई दिनका लागि माछा,मासु र मदिराको बिक्रीवितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ ।

रथ यात्रामा सहभागी वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगन्ज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आायोजनाले टेवा पुरयाएको बताए । उनले गत बर्षदेखि नै वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले रथ यात्रा निकाल्न सुरु गरेको र यसले हरेक बर्ष निरन्तरता पाउनेपनि बताए ।

Related posts

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

नेपालमै पहिलो पटक ड्रोन प्रयोग गरेर पर्सामा गरियो जग्गाको नापजाँच

MadhesKhabar

वीरगन्जमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु,मेयर सिंहले गरे शुभारम्भ

MadhesKhabar

Leave a Comment