Madhes Khabar
शिक्षा हेडलाइन

एसईईमा पर्साबाट १० हजार २५३ जना परीक्षार्थी सहभागी हुदैं

फाइल तस्बिर।

वीरगन्ज,१४चैतः बिहीबारदेखि सुरु हुन गइरहेको माध्यमिक शिक्षा परिक्षा(एसईई)मा पर्सा जिल्लाबाट १० हजार २५३ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।यसवर्षको एसईईमा पर्सा जिल्लाबाट नियमित , प्राविधिकधार र ग्रेडबृद्धि तर्फ गरी कूल १० हजार २५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्साले जानकारी दिएको हो ।

नियमिततर्फ ९ हजार ५२५ जना , प्राविधिकधारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परिक्षार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई पर्साका परिक्षा सहायक गोपाल साहले जानकारी दिए ।उनका अनुसार, पर्सामा यसबर्ष गत बर्षको भन्दा यस बर्ष ५२८ जना बढी परीक्षाथर्थी एसईईमा सहभागी हुदैं छन् । गत बर्षको एसईईमा पर्साबाट ९ हजार ७२५ जना परीक्षार्थी सहभागी भएका थिए ।

पर्सामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र तोकिएको साहले जानकारी दिए । बिहीबारदेखि सुरु हुने एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

यसबर्षको एसईईमा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका गरी दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुदैंछन् ।देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परक्षिा बोर्डले जनाएको छ ।

 

Related posts

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

बारामा नेविसंघको समानान्तर समिति गठन

MadhesKhabar

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment