Madhes Khabar
स्वास्थ्य

प्रभु हस्पिटलको सहयोगमा भिस्वामा आयोजित निःशुल्क शिविरबाट ५०० जना लाभान्वित

वीरगन्ज,१०चैतःपर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वा बजारमा शुक्रबार सशस्त्र प्रहरीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयजना भन्दा बढीले लाभ लिएएका छन् ।

प्रभु अस्पताल तथा वीरगन्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा भएको सशस्त्र प्रहरी बल नेपाल हेड क्वार्टर १३ नम्वर गणले आयोजना गरेको शिविरमा २ सय महिला र ३ सय पुरुष गरी ५ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । यसैगरी १ सय ३ जनाले आँखा चेकजाँचपनि गराएका थिए । उनिहरुलाई निःशुल्क औषधिपनि वितरण गरिएको थियो ।

शिविरमा प्रभु हस्पिटलकी सन्चालिका डा. लक्ष्मी थापा, फिजिसियन शिवकुमार झा, हाड्जोर्नी तथा नशा रोग विशेषज्ञ अरविन्द साह, मेडिकल अफिसर डा. प्रतिभा थापा, आखा विशेषज्ञ महेशसिंह धामी, प्रभात चौरसिया लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र शाह, प्रस्तावित सिमा सुरक्षा गुल्म लहावरथकरीका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम कठायत, छिपहरमाई गाउँपालिकाकी उपाध्यक्ष लिलावती देवी साह, कार्यक्रम संयोजक दिलिप राज कार्की लगायतको सहभागीता रहेको थियो ।

 

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

नारायणी अस्पतालबाट सुत्केरी भत्ता रकम नपाउँदा १ हजार बढी सुत्केरी महिला मर्कामा

MadhesKhabar

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न मुख्यमन्त्री सिंहले जनाए प्रतिबद्धता

MadhesKhabar

Leave a Comment