Madhes Khabar
स्थानिय

बेहुलाकी आमा भन्छिन् : दाइजोको झुठा बहाना बनाएर केटी पक्षले हाम्रो परिवारलाई फँसाए

राधिका देवी ।

वीरगन्ज,३०फाल्गुन:दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विहे नै रद्ध गरेको आरोपमा पक्राउ परेका बेहुलाकी आमा राधिका देवी साहले बेहुली पक्षले झूठा आरोप लगाएर आफनो परिवारलाई बदनाम गरेको दाबी गरेकी छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चोकका बेहुला उमेश साहकी आमा राधिकाले दाइजोको विवाद नभई बेहुली पक्षले हैसियत भन्दा बढी गहनाको माग गरेका कारण्(ा विवाद भइ विहे भाँडिएको दाबाी गरेकी हुन् ।

बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बोल्दै बेहुला उमेशकी आमा राधिकाले भनेकि छन्,‘ यो दाइजोको विवाद हुदै होइन। केटी पक्षले मनगढन्ते र झूठो आरोप लगाएर हाम्रो परिवारको इज्जतको नाश गरेका छन्।’

विहेको जग्गेमा कन्या निरीक्षणका बेला बेहुली पक्षकाले बेहुलीका लागि थप गहना दिनुपर्ने अडान राखेपछि त्यहि विषयमा विवाद भएको राधिकाको दाबी छ । उनले आफनो छोरा उमेश र बेहुली बिच दुई बर्षदेखि प्रेम सम्बन्ध रहेको र अहिले पारिवारिक सहमतिमा मागी विहे गर्न लागिएकोपनि बताएकी छन् । राधिकाले आफनो परिवारको हैसियत भन्दा बढी बेहुली पक्षले बेहुलीका लागि गहना मागेपछि उल्टै दाइजोमा सुनको सिक्री मागेको बहाना बनाएर आफनो छोरा, पति, छोरा र ज्वाँइलाई फसाएर प्रहरीमा थुन्न लगाएको बताएकी छन् ।

कलैया ४ का उमेश र वीरगन्ज २४ रामगढवाकी २४ बर्षिया रमिताबिच गत सोमबारराति जग्गेमा विहे भइरहेका बेला दाइजोको विषयमा विवाद भई विहे नै भाँडिएपछि प्रहरीले बेहुला उमेश,उनका बुबा बच्चालाल साहसहित पाँच जनालााई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइसकेको छ ।

 

 

Related posts

प्रभु बैंकको प्रदेश प्रमुखमाथि छानबिन गर्न वीरगन्जका जेनजी युवाहरुको माग

MadhesKhabar

शिक्षक संघ वीरगन्ज महानगरका नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोह सम्पन्न

MadhesKhabar

पर्सा: उपभोक्ता समितिकाे बदमासीले ओरिया खाेलाकाे झाेलुंगे पुल चार वर्षदेखि अलपत्र

MadhesKhabar

Leave a Comment