Madhes Khabar
स्थानिय

शिक्षक संघ वीरगन्ज महानगरका नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोह सम्पन्न

वीरगन्ज, २६ जेष्ठ : नेपाल शिक्षक संघ वीरगन्ज महानगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह शुक्रबार सम्पन्न भएको छ ।

वीरगन्जमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत विनोद मेहताले नवनिर्वाचित अध्यक्ष रविभुषण चौरसिया, उपाध्यक्षद्वय साबीर अहमद एराज र बबीता चौधरी सहितका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराउँदै प्रमाणपत्रपनि वितरण गरे ।

कार्यक्रममा प्रमुख अतिथी वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलमलाई शिक्षक संघ वीरगन्ज महानगरका नवनिर्वाचित अध्यक्ष चौरसियाले मायाको चिन्हो प्रदान गर्दै सम्मानितपनि गरेका थिए ।कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु,वडा नंम्बर २ वडा अध्यक्ष रेयाज अहमद, पत्रकार राहुल गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

 

 

Related posts

वीरगन्ज लाइ व्यवस्थित शहर बनाउने निर्णय

MadhesKhabar

शिकारीवासमा नागरिकताबाट बञ्चितहरुलाई दैलोमै पुगेर सिडिओ अर्यालले दिए नागरिकता

MadhesKhabar

पर्सा २ मा काँग्रेसका चौरसियाको अग्रता बढ्दै

MadhesKhabar

Leave a Comment