Madhes Khabar
राजनीति

सरकारमा सहभागीता बारे जसपाकाे बैठक अनिर्णित

वीरगन्ज,२३फाल्गुन:नयाँ गठबन्धनको सरकारमा जाने नजाने विषयमा टुंगो लगाउन बुधबार बसेकाे जनता समाजवादी पार्टी(जसपा)को बैठक निष्कर्ष विहिन भएकाे छ।
काठमाडौंमा बुधबार बिहान बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने नजाने विषयमा निर्णय गर्न नसेकाे बसेको हाे। बैठकमा सहभागी जसपाका प्रमुख सचेतक प्रदीप यादवले,`बैठक निष्कर्षविहिन सकियाे।फेरि बैठक बसेर यस बारे निर्णय हुन्छ।´
बिहानकाे बैठकमा सरकारमा जाने नजाने विषयमा गहन छलफल भएकाे उनले बताए।उनले भने,`बैठकमा नेतृत्वले नेताहरुकाे परामर्श लियाे ।नेताहरुले आ आफ्ना राय विचार राखे।´
नयाँ गठबन्धनको सरकारमा जान जसपाकाे केहि शर्त रहेकाे र ती शर्त सम्बाेधन हुने भएपछि मात्र पार्टीले अन्तिम निर्णय गर्ने उनले बताए ।
मधेस प्रदेश सरकारकाे नेतृत्व जसपाकै यथावत रहनुपर्ने र संघीय सरकारमा जसपाबाट सहभागी हुने मन्त्रीहरुकाे वरियताक्रम ताेकिनुपर्ने शर्त जसपाकाे रहेकाे यादवले बताए।
मधेस प्रदेशमा अहिले जसपाको नेतृत्वमा सरकार छ। सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री छन्।
प्रतिनिधि सभामा जसपाका १२ सांसद  छन्। सोमबार नयाँ गठबन्धन बनेकाे थियाे।जसमा जसपासहित चार दल छन्। ती चार दलबीच सत्ता साझेदारी हुँदा त्यसमा जसपाले पनि हस्ताक्षर गरिसकेकाे छ।

Related posts

मुख्यमन्त्री नपाए विपक्षमा बस्ने कांग्रेसको चेतावनीपछि मधेसवादी दलहरु गम्भीर

MadhesKhabar

७ दलका प्रदेश सांसदहरु मधेस भवन अगाडि धर्नामा

MadhesKhabar

महाधिवेशनकाे तयारीका लागि पर्सामा जसपाकाे बैठक सम्पन्न

MadhesKhabar

Leave a Comment