वीरगन्ज,१४फल्गुन:वीरगन्जमा साेमबार जनता समाजवादी पार्टी नेपाल पर्साकाे बैठक सम्पन भएकाे छ।जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको हाे।
बैठकलाई सम्बाेधन गर्दै पूर्व मुख्यमन्त्री राउतले आसन्न राष्ट्रिय महाअधिवेशनलाई मध्यनजर गरि याे बैठक गरिएको र महाधिवेशनलाई महापर्वको रुपमा मनाउन तथा समयसिमा भित्र क्रियाशील सदस्य वितरण गर्न निर्देशनसमेत दिए।
जिल्ला अध्यक्ष रामनरेश यादवकाे अध्यक्षतामा बसेकाे बैठकमा जसपाका राजनिती समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रीय सदस्य फिरोज मंसुर, केन्द्रिय सल्लाहकार विरेन्द्र प्रसाद यादव , समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मोैलाना नुरुल होदा अन्सारी, उपाध्यक्ष अजय चोैरसिया,नागेन्द्र यादव,सचिव तबरेज अहमद, कार्यकारिणी सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, विद्यार्थी नेता एजाज बाबु राँकी ,दिलखुस देवान लगायतको उपस्थिति रहेको थियो ।

