Madhes Khabar
राजनीति

कृषि , स्वास्थ्य र शिक्षामा सुधार गर्छु :स्वतन्त्र उम्मेदवार चन्द्रकिशाेर

प्रमाेद यादव
पर्सा ,११ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ (क) मा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्रकिशाेर चाैधरीले कृषि, शिक्षा र स्वास्थ्यमा सुधार आफनाे मुख्य चुनावी एजेन्डा रहेकाे बताएका छन् ।

लाल्टिन चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका चाैधरिले राज्यकाे विभेदमा परेकाे ग्रामिण भेगकाे विकास र समृद्धिका लागि पनि आफनाे उम्मेदवारी भएकाे बताएका छन् ।

सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १ सिरही टोलमा आयोजित मतदाताहरुसंगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्यका उम्मेदवार चाैधरीले पर्साकाे ग्रामीणक्षेत्रमा अहिले पनी कतिपय निमुखा जनता सरकारी सेवा सुविधाबाट बन्चित रहदै आएकोमा उनीहरुको पक्षमा अवाज उठाउन,शिक्षा,स्वास्थ्य,कृषि,रोजगारी र भौतिक पूर्वाधारको विकास जस्ता कार्यमा सुधार र स्तरोन्नत्ती नै आफनो प्रमुख चुनावी एजेन्डा रहेको बताए।

उनले जनताको माग अनुसार विकास गर्ने साथै शिक्षा,स्वास्थ्य,कृषि,रोजगार र भौतिक पूर्वाधारको विकास जस्ता कार्यमा सुधार र स्तरोन्नत्ती नै आफनो प्रमुख चुनावी एजेन्डा रहेको बताए।
यसअघि पर्सा ३(क) प्रदेशसभा क्षेत्रबाट जितेकाले के कति काम गरे भन्ने बारेमा जनता जानकार नै रहेकाे भन्दै उनले अहिले आफुलाई जिताए जनताको हकहितमा काम गर्ने वाचा गरे । अहिले हाम्राे हाेइन राम्रो उमेदावार चुन्ने समय आएकाे भन्दै उनले यदि जनताले आफुलाइ अवसर दिए स्वतन्त्र र निष्पक्षरुपले विकास गर्ने प्रतिबद्धता जनता सामु चौधरीले प्रतिबद्धता व्यक्त गरे |

चुनावी छलफलमा स्थानीय शिवनाथ चौधरी,नागेन्द्र चौधरी,जुगुल राउत,नरेश महतो लगाएतको लगायतको सहभागीता थियो ।

Related posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

MadhesKhabar

पत्रकार महासंघको मधेस प्रदेश अध्यक्षमा पर्साका बन्जाराले दिए उम्मेदवारी

MadhesKhabar

पर्सामा कांग्रेसले पटक पटक चुनाव लडेकाहरुलाई नै फेरि बनायाे उम्मेदवार

MadhesKhabar

Leave a Comment