Madhes Khabar
राजनीति

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड ‘सहमत’

काठमाडौं,२१फाल्गुनः सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।आइतबार राति भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो ।

‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्रोतले भन्यो, ‘यदि अरू दायाँबायाँ भएन र आजै नयाँ मन्त्रीमण्डल बन्यो भने सभापतिज्यू उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुनेछ ।’

रास्वपाले सोमबार बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।साभारःनेपालप्रेसबाट

 

Related posts

पर्सा २ को ख मा चौधरीको अध्यक्षतामा जसपाको क्षेत्रीय समिति गठन

MadhesKhabar

जनताबाट अपार सर्मथन र स्नेह पाइरहेकोले जित्नेमा ढुक्क छु : उपेन्द्र यादव

MadhesKhabar

स्ववियुमा पहिलो भएको भन्दै नेविसंघलाई कांग्रेसले दियो बधाई

MadhesKhabar

Leave a Comment