Madhes Khabar
राजनीति

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड ‘सहमत’

काठमाडौं,२१फाल्गुनः सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।आइतबार राति भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो ।

‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्रोतले भन्यो, ‘यदि अरू दायाँबायाँ भएन र आजै नयाँ मन्त्रीमण्डल बन्यो भने सभापतिज्यू उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुनेछ ।’

रास्वपाले सोमबार बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।साभारःनेपालप्रेसबाट

 

Related posts

बारा २ का उम्मेदवारले २९ लाख मात्र खर्च गर्न पाउने : निर्वाचन आयोग

MadhesKhabar

राजस्व अनुसन्धान विभागले बार्गेनिङ गरेर उद्योगी व्यापारीलाई दु:ख दियो: सांसद प्रदीप यादव

MadhesKhabar

चितवन–२ को चुनाव स्थगित नगरिए बहिस्कार गर्ने आम जनता पार्टीको चेतावनी

MadhesKhabar

Leave a Comment