प्रमाेद यादव
पर्सा,१४माघ:सडकमा दिशा-पिसाब गर्ने प्रवृतिलाई निरुत्साहित गर्न जनचेतनामुलक तीन दिने कार्यक्रम गरिएको छ।पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा वडा कार्यालयको समन्वयमा दुग्धेश्वर महादेव मल्टिपर्पोज पर्साले तीन दिने कार्यक्रम गरेकाे हाे।
कार्यक्रममा सहभागी ४० जना महिलाहरुलाई सडकमा खुल्ला शाैच गर्दा हुने हानी नाेक्शानीका साथै यसले निम्त्याउने स्वास्थ्य जाेखिमका बारेमा जानकारी गराइएकाे थियाे।
कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले आफ्नो ईज्जत् बचाउन र आफू स्वास्थ रहनपनि खुल्ला स्थानमा शौच नगर्न आग्रह गरे। साथै सरसफाइमा लापरबाही गर्दा बिरामी भएर आर्थिक खर्च पनि बढ्ने र मान्छेको ज्यानसमेत जाने उनले बताए ।
कार्यक्रममा प्रशिक्षक मित्रदेव प्रसाद यादवले सहभागीहरुमा सीप र ज्ञानको कमी नभएको र उनीहरुमा परम्परागत लागेको बानीले खुल्ला स्थानमा शौच गर्ने गरेको र सरकारी सुविधाको पर्खाईमा शौचालय अहिलेसम्म नबनाएको प्रारम्भिक बुझाईरहेको बताए ।वडाध्यक्ष फरमान मियाँ अन्सारी वडाकाे सरसफाइमा ध्यान दिइएको र शौचालय नबनाएकोहरुको घरघरमा पुगेर त्यसकाे व्यवस्थापनका लागि वडा कार्यालयले अभियान नै चलाउने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा वडा सदस्य नारायण साह तेली,लिला लामा,सहमद अलि,बसन्ती देवी लगायतकाेपनि सहभागीता रहेकाे कार्यक्रम संयोजक सुस्मिता कुमारी चौधरीले जानकारी दिइन् ।

