Madhes Khabar
स्थानिय

वीरगन्जमा हुने पूर्वराजा ज्ञानेन्द्रकाे नागरिक अभिनन्दनमा सहभागी हुन आह्वान

वीरगन्ज,९माघ:वीरगन्जमा यही माघ १३ गते हुने पूर्वराजा ज्ञानेन्द्र शाहकाे नागरिक अभिनन्दन समाराेहमा सहभागी हुन आह्वान गरिएको छ।

पुष २३ गतेदेखि बाराकाे सिमरास्थित प्रभु निवासमा बस्दै आएका पूर्वराजा शाहलाई माघ १३ गते वीरगन्जमा विभिन्न संघसंस्थाले कार्यक्रम गरेर नागरिक अभिनन्दन गर्दैछन्।

मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दन मुल समारोह समितिले पूर्वराजा शाहकाे नागरिक अभिनन्दन समाराेहमा सहभागी हुन सार्वजनिक आह्वान गरेकाे हाे।पत्रकार सम्मेलनमा समितिका संयोजक देवेन्द्रलाल नेपालीले माघ १३ गते हुने नागरिक अभिनन्दन ऐतिहासिक हुने बताए ।उनले कार्यक्रममा विभिन्न ९ वटा संघ संस्थाहरुले पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको बताए ।

नेपालीले नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजाको एक पैसा पनि खर्च नहुने भन्दै कार्यक्रमको लागि विभिन्न दाताहरुले चन्दा सहयोग गरेको जानकारी दिए ।पत्रकार सम्मेलनको सहजिकरण पत्रकार सन्जय सर्राफले गरेका थिए।

बारा, पर्सा र राैतहटकाे धार्मिकस्थल भ्रमणका लागि पुष २३ गतेदेखि सिमरामा रहेका पूर्वराजा शाहले गत आइतबार वीरगन्जको गहवामाई मन्दिरमा आएर पूजापाठ गरेका थिए।

Related posts

पर्साको फुलकवलमा नवनिर्मित प्रवेशद्वारको मन्त्री गुप्ताले गरे उद्घाटन

MadhesKhabar

जेनजी शहिदका परिवारलाई भेटेर वीरगन्जका मेयर सिंहले भनेः मबाट हुने सक्दो सहयोग गर्छु

MadhesKhabar

पर्साको मनिहर्वामा महिला सामुदायिक भवन बन्दै, वडाध्यक्ष मुखियाले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment