Madhes Khabar
राष्ट्रिय

काठमाडौंमा ‘धोती दिवस’ मनाउने क्रममा सिके राउतसहित ३० जना पक्राउ

काठमाडौं,१६पुष: काठमाडौंमा साेमबार राष्ट्रिय धाेती दिवस मनाउने क्रममा प्रहरीले जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसहित मधेसी समुदायका ३० जनालाई पक्राउ गरेकाे छ।

अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन जनवरी १ तारिखको अवसर पारेर साेमबारकाे माइतीघरमा ‘धोती दिवस’ मनाउन भन्दै भेला भएका बेला प्रहरीले हस्तक्षेप गरेर अध्यक्ष राउत, सचिव विपी साह, प्रवक्ता शरद यादवसहित ३० जनालाई पक्राउ गरेकोे हाे।उनिहरुलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।साेमबार बिहान मधेसी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो ।त्यस क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेलपनि भएको थियाे ।

सरकारले हाल नयाँ बानेश्वरदृखि माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

Related posts

जिल्ला अदालतकाे फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालत जाने

MadhesKhabar

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

MadhesKhabar

काठमाडौं–रक्सौल रेलमार्गको लोकेसन सर्भे रिपोर्ट तयार

MadhesKhabar

Leave a Comment