Madhes Khabar
अन्तर्राष्ट्रिय

महाराष्ट्रकाे कारखानामा आगलागी हुदाँ ६ काे मृत्यु

फाइल फोटो ।

नयाँदिल्ली,१५पुष : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो।

आगलागीको कारण खुल्न सकेको छैन। घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, ‘हामीलाई करिब १:१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो। हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौं। आगो निभाइएको छ। छ जनाको शव फेला परेको छ।’

घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, ‘घटनामा ६ जनाको मृत्यु भएको र ९ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ।’

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप हुनसक्ने उनले बताए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु

MadhesKhabar

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु

MadhesKhabar

अमेरिकन डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

MadhesKhabar

Leave a Comment