Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु

सांकेतिक फाेटाे

मधेसखबर

वीरगन्ज ,२० असाेज :विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो ।

बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा-खोकीको औषधि) उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ ।

बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’

डब्ल्यूएचओले अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ ।’

डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।

डब्ल्यूएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।साभार: अनलाइनखबर

Related posts

कोरोना खोप विकासमा संलग्न दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

MadhesKhabar

तलाउमा नुहाउन पसेका ६८ वटा भैंसीहरुको करेन्ट लागेर मृत्यु

MadhesKhabar

बेहुला आउन ढिला गरेपछि बेहुलीले भिनाजुसंग गरिन् बिहे

MadhesKhabar

Leave a Comment