Madhes Khabar
धर्म/संस्कृति

आज तमु ल्होसार : देशभर सार्वजनिक विदा

फाइल तस्बिर।

काठमाडौं,१५पुष:आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले यो पर्वले आपसीविश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध देश निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन् । पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

Related posts

गढीमाई मेलाको शोभायात्रा भाेलि निकालिदै, तयारीका लागि नगर क्षेत्रमा सार्वजनिक विदा

MadhesKhabar

धार्मिक सहिष्णुता खल्बलाउनेलाई कारबाही गर्न मुस्लिम आयाेगकाे माग

MadhesKhabar

वीरगन्जमा पनि धुमधामका साथ मनाइयो २५६८ औं बुद्ध जयन्ति

MadhesKhabar

Leave a Comment