Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाई मेलाको शोभायात्रा भाेलि निकालिदै, तयारीका लागि नगर क्षेत्रमा सार्वजनिक विदा

गढीमाई मन्दिर : फाइल फोटो

सिमरा,१६असाेज: मंसिरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भाेलि (बिहीबार)निकालिदैछ । मेला आयोजना मूल व्यवस्थापन समितिले घटस्थापनाका दिन भाेलि शोभायात्रा निकाल्न लागेको हो ।

शोभायात्राको तयारीका लागि महागढीमाई नगरपालिकाले नगर क्षेत्र भित्र आज सार्वजनिक बिदा समेत दिएको छ । मेला व्यवस्थापन समितिका अनुसार भाेलि बिहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुनेछ ।

गढीमाई मन्दिरदेखि सुरु हुने शोभा यात्रा बरियारपुर, ईनर्वा, तेलकुवा, बसतपुर हुँदै नेपाल–भारत सीमा नजिक रहेको मटिअर्वा शितलपुर विशमरपुर, कलैया भरत चोक, गंजभवानीपुर–दहियार हुँदै गढीमाई मन्दिरमा पुगेर सम्पन्न हुने समितिका संयोजक एवं महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए।

प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा देश विदेशबाट लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन् । अघिल्ला मेलामा भन्दा यस वर्षको मेला एतिहासिक,सभ्य र भव्य बनाउने गरी समितिले तयारी गरिरहेको अध्यक्ष यादवले बताए ।साभार:ईशीलालेख

Related posts

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

MadhesKhabar

वन तथा वातावरणमा उत्कृष्ट काम गरेको पर्साको जगरनाथपुर गाँउपालिका वन मन्त्रालयबाट पुरस्कृत

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट एक करोड भन्दा बढी रकम चोरी, कर्मचारीको मिलोमतो रहेको आशंका

MadhesKhabar

Leave a Comment