Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, अब नेपालमा महँगिने

काठमाडौं,३भदौंः भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।

कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ । ‘निर्यात करले भारतीय प्याजलाई पाकिस्तान, चीन र इजिप्टको प्याजको तुलनामा महँगो बनाउनेछ, यसले स्वभाविक रुपमा निर्यात्मा कमी ल्याउनेछ र स्थानीय बजारमा मूल्य घटाउन मद्दत गर्नेछ’ मुम्बईका निर्यात विज्ञ अजित शाहले भनेका छन् ।

विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ । हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ ।
नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ । साभार : ईकान्तिपुरबाट

 

Related posts

गहवामाई रथ यात्रामा उर्लियो भक्तजनहरुको जनसागर (फोटो फिचर)

MadhesKhabar

चाडपर्वकाे बेलापनि वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न किन भए असफल ?…

MadhesKhabar

वीरगन्ज स्थित नेपालकै प्रसीद्ध घडीअर्वा छठघाटको सजावट (फोटो फिचर)

MadhesKhabar

Leave a Comment