Madhes Khabar
अर्थतन्‍त्र

एनसेल खरिद–बिक्री छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं,२१मंसिरः एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न सरकारले पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार समितिको सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि सञ्चारमन्त्री शर्माले बताइन् ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय रुपैयाँ बढ्यो

MadhesKhabar

नेपालमा लगानी बढाउन काेरीयाका लगानीकर्तालाई उद्योगमन्त्री रिजालको आग्रह

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

MadhesKhabar

Leave a Comment