Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय रुपैयाँ बढ्यो

सांकेतिक तस्बिर।

काठमाडौं,२०भदाैं:नेपाली बजारमा आज(शुक्रबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।आज ताेलामा २ हजार ५०० सय रुपैयाँले बढेर सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

Related posts

वीरगन्ज महानगरले ९ महिनामा उठायो ४३ करोड ७४ लाख राजस्व

MadhesKhabar

दीर्घकालीन व्यावसायिक योजना बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

MadhesKhabar

पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो (मूल्यसुची सहित)

MadhesKhabar

Leave a Comment