नवलपरासी, १३ बैशाख: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
बुधबार नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन्। नेपालमा नियम कानुननमा कुनै बाधा अड्चन भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने पनि उनले स्पष्ट पारे ।
उद्घाटन कार्यक्रममा बोल्दै गोल्छा समुहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपालीबजार प्रति गहिरो अभिरुची देखाएको बताए। नेपाल र नेपालीको लागि यो महत्वपूर्ण संकेत रहेको बताउदै गोल्छाले अन्य इलेक्ट्रोनिक्स समानहरु उत्पादनका लागि समेत नेपालमा कारखाना स्थापन गर्न उपयुक्त रहेको बताए ।
उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालकालागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्क लगायतकाे पनि उपस्थिति रहेको थियो ।

