वीरगन्ज,१९चैत : संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भोलि (शुक्रबार) वीरगन्ज आउने भएका छन् ।अर्थ मन्त्रालयका अनुसार वाग्ले शुक्रबार बिहानको जहाजबाट सिमरा विमानस्थल पुग्ने र त्यहाँबाट विभिन्न ठाउँका अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ । अर्थमन्त्री वाग्लेले वीरगन्जस्थित वीरगन्ज भन्सार कार्यालय मातहतको आईसीपी र सिर्सिया सुख्खा बन्दरगाहमा पुगेर त्यहाँ अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
वीरगन्ज क्षेत्रको व्यापारिक अवस्था, राजस्व संकलनको वर्तमान स्थिति, सेवा प्रवाहमा देखिएका समस्या तथा निजी क्षेत्रले भोगिरहेका चुनौतीहरू बारेमा जानकारी लिन अर्थमन्त्री वाग्ले वीरगन्ज आउन लागेका हुन् । त्यसक्रममा उनले वीरगन्ज भन्सार कार्यालयका कर्मचारी र यहाँका उद्योगी व्यवसायीसंग भेटेर राय सुझाव लिने बताइएको छ ।

