Madhes Khabar
समाज

पटेलनगरमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले गरे रक्तदान

वीरगन्ज, ११ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित ५४ जनाले रगत दान गरेका छन् ।तराई युवा सामुदायिक संस्था वीरगन्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका हुन् ।

संस्थाका अध्यक्ष राघव पटेलको अध्यक्षता तथा वीरगन्ज महानगरका पूर्व मेयर विजय सरावगीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा विशिष्ट अतिथी एमाले मधेस प्रदेशका उपाध्यक्ष विचारी यादव रहेका थिए । कार्यक्रममा एमाले युवा नेता अकलेश साह,जलेन्द्र पटेल, गजाधर पटेल , राजाबाबु कुशवाहा लगायतकोपनि उपस्थिती थियो । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयोग गरेको थियो ।

Related posts

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

MadhesKhabar

अमेरीकामा बस्ने नेपालीले दलित बालबालिका लागि निशुल्क ट्युसन पढ्ने घर बनाइ दिए

MadhesKhabar

रडले छेडिएर घाइते बालकको उपचारमा आर्थिक समस्या, अस्पतालबाट आमाको बिलौना

MadhesKhabar

Leave a Comment